Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज नाग पञ्चमी, घरघरमा नागको फोटो टाँसेर मनाईँदै

आज नाग पञ्चमी, घरघरमा नागको फोटो टाँसेर मनाईँदै

  • सोमवार, भाद्र ४ २०८०

  • 2.1K
    SHARES

  • आज नाग पञ्चमी, घरघरमा नागको फोटो टाँसेर मनाईँदै

    काठमाडौं। आज घरघरमा नागको फोटो टाँसेर नागपञ्चमी मनाईँदै छ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाईने नाग पञ्चमी घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै देशभर मनाउने गरिन्छ । यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ।

    श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चनासमेत गर्ने परम्परा छ।

    रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ।यस दिन काली नागको बासस्थान रहेको विश्वास गरिएको पाटनको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा मेला लाग्ने गर्दछ।

     


    सोमवार, भाद्र ४ २०८००६:३०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij