Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी अनुसन्धानबारे गृहमन्त्री श्रेष्ठको नयाँ प्रष्टीकरण

सुन तस्करी अनुसन्धानबारे गृहमन्त्री श्रेष्ठको नयाँ प्रष्टीकरण

  • आइतवार, भाद्र ३ २०८०

  • 675
    SHARES

  • सुन तस्करी अनुसन्धानबारे गृहमन्त्री श्रेष्ठको नयाँ प्रष्टीकरण

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउने प्रष्टीकरण दिनुभएको छ ।

    सिंहदरबारमा प्रधानमन्त्री–शीर्ष नेताको बैठकपछि बाहिरिने क्रममा उहाँले सदन सुचारु गर्ने विषयमा भोलिसम्म निष्कर्षमा पुगेर पर्सिसम्म निकास निस्किने विश्वास जनाउनुभयो ।

    उहाँले संगठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताउनुभयो ।

    ‘सीआईबीले निष्कर्षमा पुर्‍याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के(कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुंग्याउँछ’, श्रेष्ठले भन्नुभयो।


    आइतवार, भाद्र ३ २०८००४:००:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij