Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोर्चुगलमा दुई दिनमा दुई जना नेपालीको मृत्यु

पोर्चुगलमा दुई दिनमा दुई जना नेपालीको मृत्यु

  • आइतवार, भाद्र ३ २०८०

  • 1.0K
    SHARES

  • पोर्चुगलमा दुई दिनमा दुई जना नेपालीको मृत्यु

    काठमाडौं । पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवकको मृत्यु भएको छ। एक युवाले चार तलामाथिबाट हाम फालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ।

    राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो ।

    वैदेशिक रोजगारीका सिलसिलामा छ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए। परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उहाँले जानकारी दिनुभयो।

    यस्तै वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको सुतेकै अवस्थामा मृत्यु भएको छ। बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको संघका अध्यक्ष खड्काले बताउनुभयो ।

    खड्काका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा मगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए।
    सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। मृतक मगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए।

    उहाँको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको छ। मगरका वृद्ध बुबाआमा र श्रीमती नेपालमा छन्। निधन भएका दुवै नेपालीको शव नेपाल पठाउने विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काले बताउनुभयो ।


    आइतवार, भाद्र ३ २०८००६:३८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij