Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

  • आइतवार, भाद्र ३ २०८०

  • 791
    SHARES

  • देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास  र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।  साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती र गण्डकी  प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

     


    आइतवार, भाद्र ३ २०८००६:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij