काठमाडौं। पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको अकस्मात निधन भएको छ। आज बिहान ११ बजे साइकल चढेर आँफै कार्यालय पुगेका थपलियाको हृदयाघातका कारण निधन भएको हो ।
कार्यालय पुग्नासाथ थपलियालाई एक्कासि हृदयाघात भएको थियो, त्यसपछी थपलियाको १५ मिनेटसम्म होस आएको थिएन। बेहोस भएकै बेला थपलियाको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनु भयो ।