Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चितवनबाट एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चितवनबाट एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ

  • शुक्रवार, भाद्र १ २०८०

  • 764
    SHARES

  • नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चितवनबाट एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो ।

    सप्तरीको राजविराज ७ का अख्तरलाई राति नै चितवनबाट काठमाडौं ल्याइएको छ । नक्कली प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरिरहेको भन्ने आधारमा सीआईबीले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।

    उनले आईएस्ससी पासको प्रमाणपत्र नक्कली बनाएको आरोप लागेको हो । एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएस्ससी पास भएको प्रमाणपत्र पेस गरेका थिए ।


    शुक्रवार, भाद्र १ २०८०११:११:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij