Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सङ्खुवासभामा कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहित ७ कैदीको संलग्नता रहेको निष्कर्ष

सङ्खुवासभामा कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहित ७ कैदीको संलग्नता रहेको निष्कर्ष

  • बिहिवार, श्रावण ३२ २०८०

  • 637
    SHARES

  • सङ्खुवासभामा कैदी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहित ७ कैदीको संलग्नता रहेको निष्कर्ष
    काठमाडौं । संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार गरेको छ । छानबिनका क्रममा उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले बताउनुभयो । 
     
    साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो । उक्त टोली गत शुक्रबार सखुवासभा आएको थियो । कारागारमा रहेका ‘सीसीटीभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उहाँले जानकारी दिनुभयो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताउनुभयो । 
     
    अनुसन्धानपछि केन्द्रीय छानबिन समितिले शुक्रबार उक्त घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी गरेको छ । पाण्डेका अनुसार घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ । 
     
    मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो । 
     
    चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।
     
    घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ रहेका छन् । 
     
    घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवी कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि संखुवासभा आएको थियो । पच्चीस जनाको क्षमता रहेको उक्त कारागारमा अहिले १ सय ३६ कैदीबन्दी छन् ।
     


    बिहिवार, श्रावण ३२ २०८००५:१६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij