Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अकूत सम्पत्ती कमाएको आरोप लागेका वन निर्देशकलाई सफाई

अकूत सम्पत्ती कमाएको आरोप लागेका वन निर्देशकलाई सफाई

  • बिहिवार, श्रावण ३२ २०८०

  • 828
    SHARES

  • अकूत सम्पत्ती कमाएको आरोप लागेका वन निर्देशकलाई सफाई

    काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किएका छन् ।

    प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका बिष्ट अदालतबाट दोषी ठहर नभएपछि पुुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका हुन् ।

    उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले बिष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको जानकारी दिनुभयो ।

    ‘अदालतबाट सफाइ पाएपछि बिष्ट मन्त्रालयमा हाजिर भएका हुन् । झण्डै ७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका बिष्टले विशेष अदालतबाट सफाइ पाएका थिए ।

    विशेष अदालतले बिष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाले बिष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिएको थियो ।

    बिष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा ६ करोड ८७ लाख ५७ हजार बराबरको अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


    बिहिवार, श्रावण ३२ २०८००१:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij