Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

  • बिहिवार, श्रावण ३२ २०८०

  • 219
    SHARES

  • देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौं । देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

    हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। गण्डकी प्रदेशको धेरै स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

    बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।


    बिहिवार, श्रावण ३२ २०८००७:१४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij