Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते

  • बुधवार, श्रावण ३१ २०८०

  • 552
    SHARES

  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते

    काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते लिने भएको छ । हिजो कक्षा १२ को नतिजा सार्वजनिक गरेको बोर्डले आज सूचना जारी गर्दै असोर ६ र ७ गते पूरक परीक्षा लिइने जनाएको हो ।

    उक्त परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भर्न भनिएको छ ।

    दुई वटा विषयमा अनुत्तिर्ण विद्यार्थीहरु उक्त परीक्षामा सहभागी हुन पाउने छन् । पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी वा एक मात्र विषयमा अनुत्तीर्णहरुको परीक्षा लिइने छ । दोस्रो दिन असोज ७ गते दोस्रो अनुत्तीर्ण विषयको परीक्षा लिइने छ ।

    पुरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले आमगी भदौ २२ भित्र राष्ट्रिय परीक्षा बोर्डको बैंक खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाउनु पर्नेछ ।

    सो अवधिभित्र दस्तुर बुझाउन नसक्नेहरुले भदौ ३१ गते भित्र दोब्बर अर्थात १ हजार २ सय रूपैयाँ जम्मा गरी भौचरसहित आवेदन बझाउनु पर्नेछ ।
    कक्षा १२ को हिजो प्रकाशित नतिजा अनुसार १ लाख ८९ हजार ७ सय ११ जना विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य छन् ।

    यस्तै, ५९ हजार ६ सय २६ जना विद्यार्थीहरुले ग्रेड वृद्धिका लागि पुरक परीक्षा दिन पाउने छन् । तर, १ लाख ८२ हजार ९ सय २६ जना विद्यार्थीहरु अनुतीर्ण भएका छन् ।


    बुधवार, श्रावण ३१ २०८००८:५९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij