Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आगामी वर्ष हज गर्न जाने इस्लाम धर्मावलम्बीका आवेदन खुल्यो

आगामी वर्ष हज गर्न जाने इस्लाम धर्मावलम्बीका आवेदन खुल्यो

  • मंगलवार, श्रावण ३० २०८०

  • 404
    SHARES

  • आगामी वर्ष हज गर्न जाने इस्लाम धर्मावलम्बीका आवेदन खुल्यो

    काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहने इस्लाम धर्मावलम्बीका सरकारले आवेदन खुलाएको छ।

    गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सूचना निकालेर दुई महिनाभित्र आवेदन दिन आह्वान गरेको हो।

    नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गरी फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिनेछ।

    नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँका अनुसार सन् २०२४ मा नेपालबाट एक हजार २०० जना हज गर्न जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकेको छ।

     

    Haj-Notice-768x824_9BHpkiKlCZ.jpg


    मंगलवार, श्रावण ३० २०८००७:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij