Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

  • मंगलवार, श्रावण ३० २०८०

  • 314
    SHARES

  • मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु

    काठमाडौं । मुगुमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।

    बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्।

    गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

    सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो। जिप सडकबाट दुई सय मिटर तल खसेको थियो।

     


    मंगलवार, श्रावण ३० २०८००६:३४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij