Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

  • आइतवार, श्रावण २८ २०८०

  • 591
    SHARES

  • पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
    काठमाडौं  । पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । 
     
    तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो । 
     
    केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
     
    आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरो हटाएर आवागमन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
     
    जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरो पन्छाइएको खाँणले बताउनुभयो।
     


    आइतवार, श्रावण २८ २०८००५:१७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij