Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पुलिस क्लबका खेलाडी कुटपिट गर्ने पूर्वकप्तान थापाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु

पुलिस क्लबका खेलाडी कुटपिट गर्ने पूर्वकप्तान थापाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु

  • शुक्रवार, श्रावण २६ २०८०

  • 840
    SHARES

  • पुलिस क्लबका खेलाडी कुटपिट गर्ने पूर्वकप्तान थापाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु
    काठमाडौं । नेपाल पुलिस क्लबका खेलाडी तथा प्रहरीका सहायक हवलदार भरत शाहमाथि कुटपिट गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान रितेश थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । 
     
    प्रहरी वृत्त कमलपोखरी, काठमाडौंले थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो । कुटपिट गर्ने थापा प्रहरीका नायव निरीक्षक (सई) हुन् । 
     
    थापाले साउन १० गते आयोजित एउटा पार्टी (खानपान)का क्रममा कुटपिट गरेको खुलेको छ । राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले पार्टीका लागि भन्दै उनीहरू सहितका व्यक्तिलाई काठमाडौंको एउटा रेस्टुरेन्टमा बोलाएका थिए । 
     
    रेस्टुरेन्टमा भनाभन हुँदा थापाले शाहलाई कुटपिट गरेका बताइएको छ । कुटपिटको घटना सार्वजनिक भएपछि प्रहरीले थापालाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाएको थियो । शाहमाथि भएको कुटपिटको घटनाबारे छानबिन गर्न प्रहरी उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेको नेतृत्वमा समिति समेत गठन गरिएको थियो ।  
     
    कुटपिटमा संलग्न थापा यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत मुछिएका थिए । पछि अदालतबाट सफाइ पाएर उनी पुनः जागिरमा जोडिएका थिए ।
     


    शुक्रवार, श्रावण २६ २०८००३:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij