Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ

  • शुक्रवार, श्रावण २६ २०८०

  • 1.2K
    SHARES

  • सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ
    काठमाडौं । १ क्विन्टल सुन तस्करीमा संलग्न रहेको भनिएका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार(आज) पक्राउ परेका हुन् ।

    दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिनुभयो । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् । 

    इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आइरहेका थिए। अध्यागमन विभागको नेपाली पोर्टमा ब्ल्याक लिस्टमा रहेको देखिएकोले राहदानीसहित नियन्त्रणमा लिएर विभागमा पठाइएको उहाँको भनाइ छ।  

    असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन् । प्रहरीले उनलाई खोजिरहेको बेला छोरा  पक्राउ परेका हुन् ।  

    सुन तस्करी प्रकरणमा नाम जोडिएपछि राकेश भने फरार रहँदै आएका छन् । 


    शुक्रवार, श्रावण २६ २०८००३:२८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij