Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

संखुवासभामा कैदी मृत्यु प्रकरणमा असईसहित १० जना प्रहरी पक्राउ

संखुवासभामा कैदी मृत्यु प्रकरणमा असईसहित १० जना प्रहरी पक्राउ

  • शुक्रवार, श्रावण २६ २०८०

  • 850
    SHARES

  • संखुवासभामा कैदी मृत्यु प्रकरणमा असईसहित १० जना प्रहरी पक्राउ
    काठमाडौं । कारागार कार्यालय संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनामा असईसहित १० जना प्रहरी पक्राउ परेका छन्। उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताउनुभयो।
     
    यस घटनामा यसअघि जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९ जना कैदीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई कारागारमा राख्दा सुरक्षा खतरा भएका कारण ट्रान्सफर गरेर घटनाको छानबिन गरेको थियो।
     
    संखुवासभा कारागारमा रहेका कैदीहरू मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। 
     
    उनीहरू मंगलबार राति जेलको रड काटेर भागेका थिए। भाग्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेर ल्याएर जेलमै राखेको थियो। पछि राति २ बजेतिर अन्य कैदीहरूले उनीहरू २ जना गम्भीर बिरामी भएको भन्दै जानकारी गराएपछि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो।
     
    यो घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको छ। अधिकारीको समितिले १० दिनभित्र घटनाको छानबिन गरेर रिपोर्ट दिने बताइएको छ।


    शुक्रवार, श्रावण २६ २०८००२:४१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij