Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका धेरे स्थानमा आज पनि पानी पर्ने सम्भावना

देशका धेरे स्थानमा आज पनि पानी पर्ने सम्भावना

  • बिहिवार, श्रावण २५ २०८०

  • 447
    SHARES

  • देशका धेरे स्थानमा आज पनि पानी पर्ने सम्भावना

    काठमाडौँ । देशका धेरे स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ ।

    आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



    बिहिवार, श्रावण २५ २०८००६:३८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij