Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सम्पादक संवादको निष्कर्षः सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

सम्पादक संवादको निष्कर्षः सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

  • मंगलवार, श्रावण २३ २०८०

  • 412
    SHARES

  • सम्पादक संवादको निष्कर्षः सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

    भक्तपुर । प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा। राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आउने नकारात्मक र द्वेषपूर्ण प्रचारलाई सञ्जालकै माध्यमबाट सुसूचित गर्नुको प्रभावकारी हुने प्रष्ट्याउनुभयो । ‘सामाजिक सञ्जाललाई नजरअन्दाज गर्ने होइन, आत्मसाथ गर्नुपर्छ । सामाजिक सञ्जाल दुईधारे तरबार हो’ उहाँले भन्नुभयो । सामाजिक सञ्जालको प्रयोग गरेर नै सेवा प्रवाहमा समेत धेरै योगदान पु¥याउन सकिने उहाँको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको रचनात्मक प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिता र सामाजिक सञ्जालको प्रयोगलाई जोडेर काउन्सिलले सचेतनामूलक कार्य गर्न र स्वनियमनको लागि आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।

    हामी निष्क्रिय बसेका छैनौँ । यस कार्यक्रममा आएका सुझावबाट कसरी अगाडि बढ्न सकिन्छ सोही अनुसार अगाडि बढ्नेछौँ’ उहाँले भन्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले सामाजिक सञ्जालको प्रभाव मुलधारका सञ्जाल माध्यमभन्दा प्रभावशाली देखिन थालेकाले सामाजिक सञ्जाललाई जिम्मेवार र परिपक्व बनाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले दर्ता नभएका सञ्चार माध्यम र सामाजिक सञ्जाललाई कार्यविधि बनाएर भए पनि तत्कालको समस्या संबोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले स्वनियमनलाई पहिलो प्राथमिकतामा राखी कानुनी व्यवस्थाका लागि मन्त्रालयले कार्यदल बनाई काम गरेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका प्रतिनिधि बद्री सिग्देलले सामाजिक सञ्जाल नियन्त्रणको सोच राख्न नहुने बताउनुभयो । उहाँले सञ्जालको दुरुपयोग गर्नेलाई विद्यमान कानुन कार्यान्वयन गर्दा नै पर्याप्त हुने भन्दै थप कानुन ल्याउन आवश्यक नरहेको प्रष्ट पार्नुभयो ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा। महेन्द्र बिष्ट, काउन्सिलका सदस्य दुर्गा भण्डारी पौडेल, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, सम्पादकहरू उमेश चौहान, अखण्ड भण्डारी, दुर्गा सुवेदी, कमलदेव भट्टराई, विश्वास बराल, सागर पण्डित, अधिवक्ता तथा पत्रकार लिलाधर घिमिरे लगायतले पत्रकारिता क्षेत्रका विषयमा नीतिगत स्पष्टताका लागि यस्ताखाले बहस, अन्तरक्रिया संवादको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ५० भन्दा बढी सम्पादकहरूको सहभागिता रहेको थियो ।

    प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले विगतदेखि हालसम्म गरेका कार्यक्रमका सुझावका आधारमा नै काम गरिरहेको भन्दै यस संवादले थप कार्ययोजना बनाउन मार्गदर्शन गरेको उल्लेख गर्नुभयो ।

    यसअघि सोमबार न्यु मिडिया र पत्रकार आचारसंहिताका चुनौती विषयक सम्पादक संवाद कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पादकहरूले छलफल गरेका थिए ।


    मंगलवार, श्रावण २३ २०८००८:२७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij