Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ९ जना घाइते

रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ९ जना घाइते

  • मंगलवार, श्रावण २३ २०८०

  • 849
    SHARES

  • रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ९ जना घाइते

    काठमाडौं। रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन्। आज (मंगलबार) मध्यान्ह सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटनामा परेको थियो।

    दुर्घटनामा २ पुरुष र २ महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको उद्धार कार्य अझै जारी रहेकाले मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

    रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नं.को बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मध्यान्ह करिब १२ः३० बजेको समयमा दुर्घटना भएको थियो। बस सडक बाट करिब १०० मिटर तल खसेको थियो।


    मंगलवार, श्रावण २३ २०८००३:०५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij