Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बर्षातले सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

बर्षातले सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

  • मंगलवार, श्रावण २३ २०८०

  • 2.6K
    SHARES

  • बर्षातले सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

    प्रतिकात्मक तस्बिर

    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो ।

    सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिनुभयो ।

    घटनास्थलमा पुगेका प्रहरीले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको जानकारी गराएको उहाँले बताउनुभयो । ठूला सवारीसाधन आवतजावतमा समस्या हुने देखिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।

     


    मंगलवार, श्रावण २३ २०८००२:०४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij