Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा पहिरोमा परेर एकको मृत्यु, ६ जना बेपत्ता

मकवानपुरमा पहिरोमा परेर एकको मृत्यु, ६ जना बेपत्ता

  • मंगलवार, श्रावण २३ २०८०

  • 483
    SHARES

  • मकवानपुरमा पहिरोमा परेर एकको मृत्यु, ६ जना बेपत्ता

    मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५, सिग्रेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती–५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।

    अक्कलबहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीको हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।


    मंगलवार, श्रावण २३ २०८०१०:५३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij