Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अविरल वर्षाका कारण मुग्लिन सडकखण्ड अवरुद्ध

अविरल वर्षाका कारण मुग्लिन सडकखण्ड अवरुद्ध

  • मंगलवार, श्रावण २३ २०८०

  • 440
    SHARES

  • अविरल वर्षाका कारण मुग्लिन सडकखण्ड अवरुद्ध

    काठमाडौं । अविरल वर्षाका कारण नारायणगढ(मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ ।

    आज बिहानै साढे पाँच बजेदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

    ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका(६ कालीखोलालगायत सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

    बिहानैदेखि मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ । साथै वर्षाका कारण अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको प्रहरीले जनाएको छ ।

    यस्तै, पहिरोका कारण कान्ति लोकपथ र मदन भण्डारीमार्ग पनि अवरुद्ध भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो जाँदा हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    त्यसैगरी मकवानपुरको बकैया–११ लामराङमा गएको पहिरोबाट कान्तिलोक पथ पनि अवरुद्ध भएको छ ।


    मंगलवार, श्रावण २३ २०८००८:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij