Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित ३ घाइते, एकजनाको अवस्था गम्भीर

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित ३ घाइते, एकजनाको अवस्था गम्भीर

  • शनिवार, आश्विन १७ २०७७

  • 916
    SHARES

  • त्रिशूलीमा ट्रक खस्यो, चालकसहित ३ घाइते, एकजनाको अवस्था गम्भीर

    चितवन । पृथ्वीराजमार्गमा शनिबार बिहान भएको ट्रक दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

    भैरहवाबाट सिमेन्ट लिएर काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक पृथ्वीराजमार्गको चितवन इच्छाकामना गाउँपालिका–४ कुरिनटार आरएसआर होटल नजिकको मोडबाट बिहान पौने पाँच बजे सडकबाट तल त्रिशूली नदी किनारमा खसेको हो ।

    चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका–७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र ट्रकमा रहेका धादिङ थाक्रेका २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा घाइते भएका छन् । चितवन प्रहरीका अनुसार अर्जुनको अवस्थ गम्भीर छ ।

    चालक रोहितको खुट्टामा चोट छ भने सहचालक राजकुमारको अवस्था सामान्य छ । घाइतेलाई उपचारका लागि धादिङ मलेखुको हाइवे अस्पताल लगिएको छ । ट्रक सडकदेखि अन्दाजी ५० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

    नदीमा ट्रकको अगाडिको चक्काको भाग डुबेको छ । पछाडिको भाग पानी बाहिरै छ । घाइतको उद्धारका लागि चितवन कुरिनटारमा रहेको सशस्त्र प्रहरीको गणका सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहको नेतृत्वमा १२ जना र इलाका प्रहरी कार्यालय मुग्लिनको टोली खटेको थियो ।


    शनिवार, आश्विन १७ २०७७०७:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij