Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिरो खसेपछि दाङ घोराही–लमही सडकखण्ड अवरूद्ध

पहिरो खसेपछि दाङ घोराही–लमही सडकखण्ड अवरूद्ध

  • सोमवार, श्रावण २२ २०८०

  • 424
    SHARES

  • पहिरो खसेपछि दाङ घोराही–लमही सडकखण्ड अवरूद्ध

    काठमाडौं । पहिरो खसेपछि दाङ घोराही–लमही सडक खण्ड अवरूद्ध भएको छ।

    घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो झर्दा सडक अवरूद्ध भएको हो।

    वर्षातका कारण आज सोमबार बिहान सडकमा पहिरो खस्दा सडक अवरूद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो। उनका अनुसार गतवर्ष असोजमा पनि त्यस ठाउँमा पहिरो खसेको थियो। अहिले पनि सोही ठाउँमा पहिरो झरेको छ।

    सडक सञ्चलानका लागि पहिरो हटाउने काम भैइरहेको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख श्रेष्ठका अनुसार अहिले जेसिबीसहित सुरक्षाकर्मीले पहिरो पन्छाइरहेका छन्।

    सडक अवरूद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।

     


    सोमवार, श्रावण २२ २०८००२:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij