Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

धादिङकै ज्येष्ठ र लोकप्रिय राजनीतिज्ञ ढुंगानाको १०७ वर्षमा निधन  

धादिङकै ज्येष्ठ र लोकप्रिय राजनीतिज्ञ ढुंगानाको १०७ वर्षमा निधन  

  • आइतवार, श्रावण २१ २०८०

  • 554
    SHARES

  • धादिङकै ज्येष्ठ र लोकप्रिय राजनीतिज्ञ ढुंगानाको १०७ वर्षमा निधन  
    काठमाडौं । धादिङको राजनीतिक इतिहासमा लामो योगदान गर्नु भएका र राजनीतिक विरासत स्थापित गर्नु भएका सोमनाथ ढुंगानाको निधन भएको छ । जिल्लाको शिखर राजनीतिक व्यक्तित्व ढुंगानाको १०७ वर्षको उमेरमा गत शुक्रबार आफ्नै निवास मनकामना टोलमा निधन भएपछि जिल्लाभरी दुःख व्यक्त गरिएको छ । 

    जिल्लाका पुराना राजनैतिक व्यक्तित्वको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक समाज तथा व्यक्तिहरूले दिवगत आत्माको चिर शान्तिको कामना गर्दै पितृ शोकमा पर्नुभएका नगर प्रमुख ढुंगाना लगायत शोकाकुल परिवारजनमा धैर्य धारणाको कामना गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । सामाजिक काममा समेत सक्रिय रहनुभएका ढुंगानाको थोपल खोला स्थित मरणघाटमा अन्त्येष्टि गरिएको छ।  

    उहाँ पञ्चायतकालमा तत्कालीन मुरली भन्ज्याङ गाउँ पञ्चायतमा दुई पटक गाउँ पञ्चायतको प्रधान बन्नु भएको थियो भने बहुदल आएपछि उहाँको छोरा भीम ढुंगानाले नेतृत्व गर्दै आउनु भएको छ । छोरा ढुंगानाले पनि नीलकण्ठ नगरपालिकामा संघीयता लागू हुनु अगाडि दुई पटक र संघीयता लागू भएपछि दुई पटक नेतृत्व गर्नु भएको छ । ढुंगाना परिवार धादिङमा लोकप्रिय राजनीतिक परिवारका रुपमा स्थापित छ । मेयरका रुपमा उहाँले अहिले अन्तिम पटक नगरपालिकाको नेतृत्व गरिरहनु भएको छ भने उहाँ अहिले नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । 
    स्वर्गीय ढुंगानाका एक श्रीमती, एक छोरा र चार छोरी रहनु भएको नाति गणेश ढुंगानाले जानकारी दिनुभयो । 


    आइतवार, श्रावण २१ २०८००४:४८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij