Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

उत्तराखण्ड पहिरो अपडेट : तीन जना नेपालीको पहिचान खुल्यो

उत्तराखण्ड पहिरो अपडेट : तीन जना नेपालीको पहिचान खुल्यो

  • शनिवार, श्रावण २० २०८०

  • 445
    SHARES

  • उत्तराखण्ड पहिरो अपडेट : तीन जना नेपालीको पहिचान खुल्यो
    काठमाडौं । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। 
     
    भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरूका आफन्तबाट पहिचान खुलेको हो।
     
    घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स—साना होटेल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले बताउनुभयो । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो। बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए। बेपत्ताको खोजी जारी छ।  
     
    उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन्। सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको बताइएको छ। बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


    शनिवार, श्रावण २० २०८००४:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij