Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएका १६ जना नेपालीको खोजी जारी

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएका १६ जना नेपालीको खोजी जारी

  • शनिवार, श्रावण २० २०८०

  • 387
    SHARES

  • भारतको उत्तराखण्डमा पहिरोमा पुरिएका १६ जना नेपालीको खोजी जारी

    काठमाडौं । भारत उत्तराखण्डको गौरीकुण्डनजिकै खसेको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी कार्य अघि बढेको छ । नेपालको पत्रसँगै भारतीय दूतावासको पहलमा खोजी कार्य अघि बढेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

    रोजगारीको सिलसिलामा भारतस्थित उत्तराखण्डको गौरीकुण्डनजिक पुगेका १६ नेपाली बेपत्ता भएको घटनास्थलका स्थानीयवासीलाई उदृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    राति बास बसेको होटल नै पहिरोले बगाएपछि जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी २ र ३ का ४ र कालीकोटका ५ सहित १६ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । बेपत्ता भएकामध्ये ११ नेपालीको पहिचान खुलेको छ ।

    जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार पातारासी–३ का २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, छोरा सात वर्षीय पृथ्वी, छोरा ६ वर्षीय जटिल र छोरा तीन वर्षीय वकिल बेपत्ता भएका छन् ।

    यस्तै पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र कामी र ५५ वर्षीया धनराज बुढा पनि पहिरोमा बेपत्ता भएका छन् । पातारासी–२ कै सुखराम रावत, बोम बहादुर बोहरा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

    पहिरोमा बेपत्ता भएका मध्ये तीनजनाको शव फेला परेको छ। भेटिएका मध्ये दुई नेपाली र एकजना भारतीय हुन् । फेला परेका टेकबहादुर कामीको सनाखत भएको र अर्का एकको भने पहिचान हुने नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    शनिवार, श्रावण २० २०८०१०:५३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij