Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दोलखा पहिरो अपडेट : दुई शव फेला, दुई जना अझै बेपत्ता

दोलखा पहिरो अपडेट : दुई शव फेला, दुई जना अझै बेपत्ता

  • शुक्रवार, श्रावण १९ २०८०

  • 580
    SHARES

  • दोलखा पहिरो अपडेट : दुई शव फेला, दुई जना अझै बेपत्ता

    काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ मा बिहीबार राति गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ ।

    पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो ।

    पहिरोमा पुरिएको अवस्थाबाट मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताउनुभयो । शुक्रबार दिउँ मार्वु टोपाटारकै १५ महिने नाबालक प्रिन्स थामीको शव फेला परेको थियो । टोपाटार पहिरोका गम्भीर घाइते भएका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गौरीशंकर–७ मार्बु टोपाटार पहिरोमा परी घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    यस्तै पहिरोमा परी घाइते भएकी बुहारी सिता थामीको थप उपचारका लागि काठमाडौं पठाइएको उहाँले बताउनुभयो । पहिरोमा परी दुईजना अझै बेपत्ता छन् बेपत्ता हुनेमा सोही स्थानका ६० वर्षीय कृष्णमगर र ४९ वर्षीय हरिला श्रेष्ठ रहेका छन् । पहिरोमा बेपत्ता ३ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । पहिरोले गौरीशंकर–८ खारेको सल्लेमा ५ घर बगाएको छ । थप १५ घर विस्थापित बनेका छन् ।

    पहिरोमा स्थानीयका ६२ वटा बाख्रा र एक भैंसी मरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।

     


    शुक्रवार, श्रावण १९ २०८००५:३४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij