Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा

भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा

  • शुक्रवार, श्रावण १९ २०८०

  • 891
    SHARES

  • भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा

    काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् ।

    उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘उपचार प्रयोजनार्थ उहाँलाई रिहा गरिएको हो, सुनमा असंलग्न भनेर होइन् ।’

    घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अधिकारीले बताउनुभयो। त्रिभुवन विमाानस्थल भन्सार कार्यालययका अनुसार रुक्मिनाको भन्सार एजेन्ट नम्बर–१०३१ हो ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

    साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।


    शुक्रवार, श्रावण १९ २०८००२:११:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij