Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि भेटियो

सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि भेटियो

  • बिहिवार, श्रावण १८ २०८०

  • 2.8K
    SHARES

  • सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि भेटियो

    काठमाडौं । ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

    सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन)को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।


    बिहिवार, श्रावण १८ २०८००६:४४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij