Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना

  • बिहिवार, श्रावण १८ २०८०

  • 417
    SHARES

  • देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

    हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    बिहिवार, श्रावण १८ २०८००६:४४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij