Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन, २८ जना पक्राउ

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन, २८ जना पक्राउ

  • बुधवार, श्रावण १७ २०८०

  • 880
    SHARES

  • अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन, २८ जना पक्राउ
    काठमाडौं । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिनुभयो । 
     
    अधिवक्ता पाण्डेले तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । 
     
    यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरूले  परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको जनाइएको छ । 


    बुधवार, श्रावण १७ २०८००३:३०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij