Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

  • बुधवार, श्रावण १७ २०८०

  • 431
    SHARES

  • देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । हिजोसाँझ काठमाडौंलगायत आसपासका क्षेत्रमा वर्षा भएको थियो भने अहिले पनि केहि स्थानमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ । 

     

    नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

     


    बुधवार, श्रावण १७ २०८००६:३६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij