Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना

  • मंगलवार, श्रावण १६ २०८०

  • 550
    SHARES

  • देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौँ । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकालगायतका स्थानमा गएराती ठुलो पानी परेको थियो । अहिले पनि केहि स्थानमा वर्षा भइरहेको छ ।  नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ

    आज दिउँसो देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा  चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति भने देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
     

     


    मंगलवार, श्रावण १६ २०८००६:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij