एजेन्सी । च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । युभेन्टस र बार्सिलोना समूह जीमा परेका छन् । यससँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको भिडन्त समूह चरमै हुने तय भएको हो ।
त्यस्तै, साविक विजेता बायर्न म्युनिख एथ्लेटिको म्याड्रिडसँगै समूह एमा परेको छ । रियल म्याड्रिड इन्टर मिलानसँगै समूह बीमा रहेकोे छ ।
म्यानचेस्टर युनाइटेडले सबैभन्दा कठिन समूह पाएको छ । समूह एचमा युनाइटेडसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी) र आरबी लेइपजीग रहेका छन् । लिभरपुल आयाक्ससँगै समूह डीमा रहेको छ ।
चेल्सी युरोपा लिग विजेता सेभियासँगै एकै समूहमा रहेको छ । त्यसैगरी, समूह डीमा म्यान्चेस्टर सिटीसँगै पोर्टो र मार्से रहेका छन् ।
