Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको दशौँ वार्षिकोत्सव सम्पन्न

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको दशौँ वार्षिकोत्सव सम्पन्न

  • आइतवार, श्रावण १४ २०८०

  • 698
    SHARES

  • मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको दशौँ वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल, केन्द्रीय कार्य समिति काठमाडौंको “दशौं वार्षिकोत्सव तथा साधारण सभा – २०८०” भव्य रुपमा सम्पन्न भएको छ ।

    कार्यक्रमको अध्यक्षता सोही संस्थाकी अध्यक्ष कोकीला पुनले गर्नुभएको थियो भने मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सुर्य प्रसाद ढुंगेलको प्रमुख आतिथ्यता रहेको थियो । यस संस्थाले मानव अधिकार सम्बन्धी आवाज उठाउनुका साथै कारागारमा रहेका कैदी बन्दी, प्रहरीको ज्यादती र कैदी बन्दी भएर मानसिक बिरामी भएका व्यक्ति लगायत अन्य बिषय बस्तुहरुमा आवाज उठाउदै आएको छ ।

    “दशौं वार्षिकोत्सव तथा साधारण सभा – २०८०” को कार्यक्रम सञ्चालन रामचन्द्र थापाले गरेका थिए भने सचिवले संस्थाको उद्देश्य र भावी योजना बारे जानकारी गराएका थिए । साथै महासचिवले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली अभिव्यक्ति रहेका थिए ।

    मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, केन्द्रीय कार्य समिति काठमाडौंको “दशौं वार्षिकोत्सव तथा साधारण सभा – २०८०” को अवसरमा समाजसेवी व्यक्तिहरु, पत्रकारहरु र आजीवन सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    प्रमुख अतिथिको रुपमा रहेका मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष माननिय डा. सुर्यप्रसाद ढुंगेलले कार्यक्रममा बोल्दै मानव अधिकार, कैदी बन्दीहरुको हक अधिकार, प्रहरीहरुको ज्यादतीविरुद्ध आवाज उठाउने र कैदी बन्दीहरुलाई प्रहरी अनी घर परिवारले मानसिक तनाव दिएर मानसिक रोगी भएकाहरुको बिषयमा नेपाल सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिदै आफुले पनी मानव अधिकार आयोगको तर्फबाट सक्दो साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, केन्द्रीय कार्य समितिकी अध्यक्ष कोकीला पुनले कार्यक्रममा बोल्दै भनिन् “यस संस्थाको दशौं वार्षिकोत्सव तथा साधारण सभा २०८० सम्पन्न हुने बेला सम्म हामी देश विदेशबाट चन्दा नउठाएर नेपाल सरकारलाई पनि बिन्ती नगरीकन कार्य समितिले नै रकम उठाएर यो संस्थालाई यहाँ सम्म ल्याईयो । तर कारागारमा रहेका कैदी बन्दीहरु प्रति प्रहरीको ज्यादतीविरुद्ध आवाज उठाउने, नेपालमा रहेका कारागारहरुजीर्ण अवस्थामा रहेकाहरुको बारेमा बेला बेला सरकार र कारागारलाई ध्यानाकर्षण गराउने काम गरिरहेका छौं ।

    हामीहरु कैदी बन्दीहरुको अवस्थाबारे जाँचबुझ गर्न जाँदा प्रहरी र नेपाल सरकारले कुनै वास्ता नगरेको, हाम्लाई जाँचबुझ गर्न रोकतोक गरेको प्रती हाम्रो संस्थाको घोर आपत्ती छ । साथै कारागारमा क्षमता भन्दा बढी कैदी राखेको, जस्तैः ४ हजार कैदी राख्ने कारागारमा ६ हजार कैदी राख्ने, १० हजार कैदी राख्ने कारागारमा २४ हजार कैदी राख्ने, कैदीलाई समयमा खाना खान नदिने, अनेक कुरामा यातना दिनेबारे आवाज उठाईरहेका छौं । जब नेताहरु सुध्रिदैनन् तब सम्म देश कहिल्यै सुध्रिदैन । निर्दोषलाई फसाउनु हुँदैन र दोषी उम्कीनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।”

    कार्यक्रममा पत्रकार खेम बमले कैदीबन्दीहरुलाई राज्यले उपेक्षा गर्न नमिल्ने बताएका थिए । उनीहरु पनि खुला आकाशमा आएर सुध्रिन्छन् र राम्रो बाटोमा लाग्छन् भन्ने हेतुले मानवअधिकारको रक्षा गर्नुपर्ने बमले बताए । कारागारलाई सुधारगृह बनाइनुपर्ने बमको जोड थियो ।

     


    आइतवार, श्रावण १४ २०८००६:२५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij