Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यी युवा हुन्, तेह्रथुममा आफ्नै घरमा आगो लगाउने

यी युवा हुन्, तेह्रथुममा आफ्नै घरमा आगो लगाउने

  • आइतवार, श्रावण १४ २०८०

  • 588
    SHARES

  • यी युवा हुन्, तेह्रथुममा आफ्नै घरमा आगो लगाउने

    तेह्रथुम । तेह्रथुममा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् । छथर गाउपालिका–६ सुदाप स्थित महाबीरमा घरायसी विवादका कारण गएराती आफ्नै घरमा आगो लगाउने २८ वर्षीय भानु बस्नेत पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी निरीक्षक छिपिन्जो भोटेले दिएको जानकारी अनुसार उनले लगाएको आगलागीबाट तीनवटा उन्नत जातका गाई, दशवटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै जलेर नष्ट भएकाा थिए । गएराती ११ बजे घरमा आगो लगाएर फरार भएका भानुलाई आज बिहान प्रहरीले स्थानीय चप्परीचौकबाट पक्राउ गरेको हो ।

    आगोलागीबाट ३० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । दुईदिन अघि घरका परिवार सबैलाई मार्ने धम्की दिएर घरबाट बाहिर निस्किएका भानुले शनिबार राती परिवार सुतिरहेको अवस्थामा आगो लगाएका थिए ।


    आइतवार, श्रावण १४ २०८००२:४८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij