Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटियो, खुल्यो नयाँ तथ्य

अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटियो, खुल्यो नयाँ तथ्य

  • आइतवार, श्रावण १४ २०८०

  • 1.1K
    SHARES

  • अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटियो, खुल्यो नयाँ तथ्य

    काठमाडौं । अभिनेता को मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ ।

    ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले बताउनुभयो ।

    ३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा असार २८ मा मृत भेटिएका थिए । प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।

    ‘फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ’ एसएसपी कार्कीले भन्नुभयो, ‘ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्दैछौँ।’

    राति ११ बजे खानेपानीको पाइपमा झुुन्डिएको अवस्थामा उनी भेटिएका थिए । विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे । घरभित्र सारुक मृत देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी घटनास्थलमा पुग्दा उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘युट्युवमा गीत बजिरहेको थियो ।’

    धेरैको आशंका छ–‘ सारुकलाई मृत्युको बाटो रोज्न बाध्य बनाइएको त थिएन ?’ तर, प्रहरीले मोबाइल बाहेक घटनास्थलमा ‘दुरुत्साहन’का लागि प्रमाण लाग्ने ‘सुुसाइड नोट’ लगायतका दशी फेला थिएन ।

    डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै भएको हुनाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाइ छ । मोबाइलको रिपोर्टको आधारमा फोन सम्पर्क र म्यासेज विश्लेषण गरेर उनीविरुद्ध दुरुत्साहन भएको थियो कि थिएन भन्नेबारे ‘विश्लेषण’ गरिने अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन्।

    सारुकले चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।


    आइतवार, श्रावण १४ २०८००२:०६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij