Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना

आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना

  • आइतवार, श्रावण १४ २०८०

  • 393
    SHARES

  • आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा आज पनि पानी पर्ने संभावना रहेको छ । हिजो पनि दिनभर पानी परेको थियो । हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति भने देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     


    आइतवार, श्रावण १४ २०८००६:४६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij