काठमाडौं। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको छ। पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।
आज (शनिबार) दिउँसो करिब साढे २ बजेदेखि उक्त सडकखण्डमा दुईतर्फी नै सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–६, कालीखोलानजिकै खसेको पहिरो पन्छाएर सडक खुलाइएको सो कार्यालयले जानकारी दिएको छ। यसअघि, सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको थियो ।