काठमाडौं । मन्दिर परिसरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ का अनिरूद्र यादव रहेका छन् ।
जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत गर्दै टिकटक बनाएर सामाजिक सञ्जालमा राखेको अभियोगमा १८ वर्षीय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यादवले युवतीसँग अश्लील हर्कत गर्दै टिकटक बनाएर पोस्ट गरेका थिए । उनको टिकटकलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।