Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या, एक जना घाइते

सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या, एक जना घाइते

  • शुक्रवार, श्रावण १२ २०८०

  • 577
    SHARES

  • सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या, एक जना घाइते

    काठमाडौं । सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।

    आज शुक्रबार बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन्। शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको अनुमान गरिएको छ ।

    हत्या भएका मण्डलका साथी हनुमाननगर कंकालिनी ११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

    घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली खटाएर अनुसन्धान अगाडी बढाइएको छ ।


    शुक्रवार, श्रावण १२ २०८०१०:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij