Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

  • बिहिवार, श्रावण ११ २०८०

  • 582
    SHARES

  • एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

    काठमाडौं । एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार राज्य मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन्।

    साफीलाई प्रहरीले हिजो साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न थिए ।

    पाँच जनाको समूहमा आएको नकाबधारी समूहले महोत्तरी गाउँपालिका–२ स्थित बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटेको थियो। त्यसपछि पाँचैजना नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू फरार भएका थिए।

    लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।


    बिहिवार, श्रावण ११ २०८००८:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij