Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा वर्षाको सम्भावना

आज यी स्थानमा वर्षाको सम्भावना

  • बिहिवार, श्रावण ११ २०८०

  • 506
    SHARES

  • आज यी स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । देशका अधिकांश स्थानमा गएराती भारी वर्षा भएको छ । अहिले पनि काठमाडौं आसपासलगायतका क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ ।

    हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

    आज राति भने कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

     


    बिहिवार, श्रावण ११ २०८००६:३९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij