Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले ढाकियो 

रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले ढाकियो 

  • सूर्यप्रकाश बुढा मगर
  • बुधवार, श्रावण १० २०८०

  • 1.3K
    SHARES

  • रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले ढाकियो 
    रोल्पा । रोल्पाको जलजला समय अनुसार फरक फरक दृश्य देखिने गर्दछ।जस अनुसार रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले यतिबेला ढाकिएको छ। जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो। हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका,सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ।जलजला समुद्री सतह देखि २ हजार २ सय मिटर देखि ३ हजार ८ सय मिटर उचाइमा रहेको छ।
    356989259_996958888094150_2602290020793914618_n.jpg
    जलजला पुग्न विभिन्न मार्गहरू प्रयोग गर्न सकिन्छ।हरेक वर्षको साउने पूर्णिमा अर्थात् जनैपूणिर्माको अवसरमा जलजलामा भव्य पूजा लाग्ने गर्दछ। पूजामा जिल्ला भित्र मात्र नभई छिमेकी जिल्ला रुकुम,सल्यान,प्युठान,दाङ र बागलुङ लगायत अन्य जिल्लाहरू बाट पनि पूजा गर्न र घुम्न आउने गरेको पाइन्छ।जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत मानिन्छ ।
      357062178_1479769152834327_4486825051921370478_n.jpg
     
    सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै शुरु गरेको थियो।जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो।अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरूलाई सहज होस् भनेर ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखिएको छ।तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको जस्तो महसुस गर्न सकिन्छ।
    rolpa jaljala.jpg
     
    अगाडि निलो आकाश मुनी हरिया साना थुम्का छन्।जलजलाको अर्को आकर्षणको रूपमा दुर्लभ सेतो गुराँस मान्नीने गर्दछ।जलजलामा घोरल,थार,मृग,बँदेल,भालु जस्ता जङ्गली जनावर समेत पाइने गर्दछ।साथै धुपी,बाँज,सेतो गुराँस,लाली गुराँस,भोजपत्र,लेकाली सल्ला लगायत वनस्पति तथा थुप्रै जडीबुटी समेत पाइन्छ।यस्तै डाँफे,मुनाल,कालिज,बाघ,भालु लगायत पक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ। युद्ध कालदेखि नै जलजलामा बस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ।आफ्नो पहिचान,बिर्ता र ऐतिहासिकता बोकेको जलजलाको दृश्य शब्द र तस्बिरले वर्णन गर्न सकिँदैन। महिनैपिच्छे जलजलाको फरक फरक दृश्यावलोकन गर्न सकिन्छ।फागुन,चैत,वैशाखमा लाली गुराँसले ढकमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिएको हुन्छ।
     
    असार,साउन,भदौ र असोज महिनामा दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले सिँगारिन्छ।जलजला सयौं बुकी फूलहरूले सजिएको छ।फूलमा रमाएका चराहरूको चिरबिर आवाजले कान नै गुञ्जायमान गराइदिन्छ।जलजलाको दलदल गर्ने घाँसे मैदानमा आनन्द लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ। जलजलाको ऐतिहासिक महत्त्वसँगै धार्मिक महत्त्व पनि उत्तिकै छ।


    बुधवार, श्रावण १० २०८००६:२५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij