Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

लघुवित्त पीडितद्वारा संसद् भवन अगाडि प्रदर्शन 

लघुवित्त पीडितद्वारा संसद् भवन अगाडि प्रदर्शन 

  • बुधवार, श्रावण १० २०८०

  • 439
    SHARES

  • लघुवित्त पीडितद्वारा संसद् भवन अगाडि प्रदर्शन 
    काठमाडौं । लघुवित्त पीडितहरूले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।  ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।
     
    बुधबार बिहान माइतीघर मण्डलामा भेला भई संसद् भवन घेराउ गर्न पुगेका उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।  प्रदर्शन रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको छ ।
     
    प्रदर्शनकारीहरू संसद् भवन अगाडि गएर धर्ना गर्ने भन्दै त्यसतर्फ जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद् भवन घेराउ गर्ने र आफ्ना समस्या सुनाउने भन्दै त्यसतर्फ अगाडि बढिरहेका थिए । ७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।
     
    उनीहरूले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ। पीडितहरूले लघुवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेका छन्।


    बुधवार, श्रावण १० २०८००२:२९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij