Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

डिएसपी ठगबहादुर प्रहरी सेवाबाट बर्खास्त

डिएसपी ठगबहादुर प्रहरी सेवाबाट बर्खास्त

  • बुधवार, श्रावण १० २०८०

  • 1.2K
    SHARES

  • डिएसपी ठगबहादुर  प्रहरी सेवाबाट बर्खास्त

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको हो ।

    इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग घुस लिएको घटनामा उहाँ निलम्बनमा पर्नुभएको थियो । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो हप्ता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।


    बुधवार, श्रावण १० २०८००७:२०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij