Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु

रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु

  • मंगलवार, श्रावण ९ २०८०

  • 812
    SHARES

  • रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु

    काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ।

    गंगादेव गाउँपालिका ५ बथानका ६५ बर्षका फौदबहादुर बुढामगरको खोलाले बगाउदा मृत्यु भएको हो।आज मंगलबार दिउसो करिब ३ बजे गंगादेव गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानीयले फेला पारेको त्यहाँबाट भुपेन्द्र घर्ती मगरले जानकारी दिनुभएको छ। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानीयको टोलीले शवलाई पानीबाट निकालेको थियो ।

    घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकृत प्रकाश भुसालले जानकारी दिनुभएको छ। पाखापानी प्रहरी चौकीका असई योगेन्द्र कुमार पुनको कमान्डमा खटिएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको समेत भुसालले बताउनुभएको छ।


    मंगलवार, श्रावण ९ २०८००७:४७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij