Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरोका कारण देशभरका ५ वटा सडकखण्ड अवरुद्ध

बाढीपहिरोका कारण देशभरका ५ वटा सडकखण्ड अवरुद्ध

  • मंगलवार, श्रावण ९ २०८०

  • 328
    SHARES

  • बाढीपहिरोका कारण देशभरका ५ वटा सडकखण्ड अवरुद्ध

    काठमाडौं । बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ ।

    यसै सडकखण्डको गर्जेनीमा समेत सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पास्थित कालीमाटीमा समेत सडक अवरुद्ध बनेको सडक विभागले जनाएको छ ।

    तौलिहवा–गोरुसिङ्‍गे–सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सितापुरमा समेत मंगलबार सडक अवरुद्ध भएको विभागले अपडेट गरेको विवरणमा उल्लेख छ ।

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा मंगलबार बिहानैदेखि पहिरोले आवागमन प्रभावित भएको छ । सो स्थानमा मेसिन तैनाथ गरी एकतर्फी सडक सुचारु गरिएको सडक विभाग भरतपुरले जानकारी दिएको छ ।

    यहाँ पहिरो खस्ने क्रम अझै जारी रहेकाले जोखिम भने कायमै रहेको छ ।


    मंगलवार, श्रावण ९ २०८००२:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij