Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अख्तियारद्वारा सिंचाई विभाग ललितपुरका सिनियर इञ्जिनियरविरूद्ध ३ करोडको मुद्दा

अख्तियारद्वारा सिंचाई विभाग ललितपुरका सिनियर इञ्जिनियरविरूद्ध ३ करोडको मुद्दा

  • बिहिवार, आश्विन १५ २०७७

  • 1.4K
    SHARES

  • अख्तियारद्वारा सिंचाई विभाग ललितपुरका सिनियर इञ्जिनियरविरूद्ध ३ करोडको मुद्दा

    काठमाडौं । जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिडिइ सुरेश कुमार शर्माविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

    अख्यिार दुरुपयोग अनुसन्धान आयोगले आज शर्माले ३ करोड ६ लाख ५४ हजार नौ सय ३२ रुपैयाँ अवैध रुपमा आर्जन गरेको गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०५२ माघ १८ गते अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्माले आर्थिक वर्ष २०७६\७७ सम्मको आर्जन गरेको मध्ये तीन करोड ६ रुपैयाँको स्रोत नखुलेको जानकारी दिनुुभयो ।

    आयोगले उनकी श्रीमती बबिता फुयाल शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ। शर्माले सरकारी सेवामा रहँदा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ मात्र वधै आम्दानी गरेका सिडिइ शर्माले अहिलेसम्म ५ करोड ४१ लाख ८६ हजार ६ सय सम्पत्ती थुपारेका छन्।

     


    बिहिवार, आश्विन १५ २०७७०६:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij